Close sidebar

श्री मा.वि. जोगागाउँमा लाखौं बढीको समान चोरी

२०८० माघ १० गते, बुधबार १४:०१

मो. ताहिर शेष राई (साहिल)✍️
नेपालगन्ज / बाँकेको जानकी गाउँपालिकमा रहेको एक विद्यालयमा लाखौं बढीको समान चोरी भएको छ । जानकी गाउँपालिका – २ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँको ताला-झ्याल फोडेर मंगलबार राती चोरी भएको हो । बुधबार बिहान विद्यालय सञ्चालनका लागि विद्यालय पुग्दा लाइब्रेरी, विभिन कक्षा लगायत कोठाको ताला र झ्याल फुटेको अवस्थामा पाइएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयको लाइब्रेरी कोठाको झ्याल, किचेन, कक्षा कोठा र दराजको ताला फोडेर १ थान 1 Hrs. पानीको मोटर, ६ थान सिलिङ्ग पडखा, सरिया, १३ थान धाराको टोटी, १ बन्डल वायरिङ्ग तार, मल्टीप्लक, स्वीच बोर्ड, पिलास, पेचकस, सिएफएल बल्ब, सकिट लगायत अन्य सामाग्रीहरु गरी करीब एक लाख बढीको सामान चोरी भएको विद्यालयका प्रधानाध्यापक मो. आलमीन राईले बताउनुभयो ।

साईंगाउँ प्रहरी चौकीबाट करिब पाँच मिनेटको दूरीमा रहेको श्री मावि जोगागाउँमा भएको चोरीको घटनाले सुरक्षा चुनौती कम्जोर रहेकोे प्रहरी प्रशासन माथि गम्भीर प्रश्न खडा भएको छ । यस्तै गत वर्ष बैशाख २ गते विद्यालयको ताला फोडेर २ थान 1 Hsr. धाराको मोटर, २ क्युन्टल फलाम राड, २ थान सिलिङ पंखा, फलाम पाइप लगायतको समान  चोरी भएको थियो । चोरीमा संलग्नको खोजी भइरहेको साईगाउँ प्रहरी चौकीका वरिष्ठ सई यमलाल बस्नेतले जानकारी दिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया