Close sidebar

बाक्लो हुस्सु र कुहिरोका कारण बस र ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना, १ को मृत्यु

२०८० माघ ११ गते, बिहीबार १२:५९

नेपालगन्ज / आज बिहान अन्दाजी ७:३० बजेको समयमा नेपालगन्जबाट जाजरकोट तर्फ गईरहेको भे१ख ४०३३ नम्बरको यात्रुबाहक मिनि बस र ना५ख ८५६६ नम्बरको ट्रक हवल्दारपुर नजिक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बाक्लो हुस्सु, कुहिरो र चिसोका कारण बाटो काट्न लागेको ट्रक र मिनि बस आपसमा ठोक्किँदा ट्रक धनी रुपन्देहीको देवदह नगरपालिका वडा नं. ६ खैरेनीका ३५ वर्षीय रामकृष्ण गोतामेको उपचारका क्रममा कोहलपुर स्थित मेडिकल कलेजमा मृत्यु भएको हो ।

बसमा सवार सानोभेरी नगरपालिका घर भएका लोकेन्द्र बिक र निजकी श्रीमती रामकला बिक लगायत अन्य ६ जना भन्दा बढी घाइते भएका छन । दुर्घटनामा घाइते हुने दुई जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको बताइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया