बर्दिया / जंगली हात्तीको आक्रमणबाट दुई महिला घाईते भएका छन । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १, दुर्गानगर बस्ने ५२ वर्षीया सिता थारु र ३१ वर्षीया सुशिला चौधरी घाईते भएको प्रहरीले जनाएको हो ।
मधुवन नगरपालिका वडा नम्बर १ स्थित दुर्गा सामुदायिक वनमा दाउरा काट्न गएको अवस्थामा शुक्रबार दिउँसो करीब पौने ३ बजेतिर जंगली हात्तीको आक्रमणबाट उनीहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता (डिएसपी) तुल्सीराम अर्यालले जानकारी दिए ।
डिएसपी अर्यालका अनुसार आक्रमणबाट सिता थारुको टाउकोमा र सुशिला चौधरीको टाउको, छाती र हातखुट्टामा चोट लागेको छ । घाईते दुबै जनाको बर्दिया अस्पताल गुलरियामा उपचार भईरहेको बताइएको छ ।
