नेपालगन्ज / घुस लिँदा लिँदै एक जना वडा अध्यक्ष रंगेहात पक्राउ परेका छन । जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश बादे बिहिवार साँझ घुस रकम सहित रंगेहात पक्राउ परेका हुन ।
घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसंग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले १५ लाख घुस रकम सहित उनलाई मध्यपुर ठिमी नगरपालिका – ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो ।
आयोगले वडा अध्यक्षसँगै आएका बा. ७ च १२९ नम्बरको कार चालक बाह्रबिसे नगरपालिका वडा नं. ७ मिलनटार स्थायी घर भई हाल चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बस्ने ३१ वर्षीय पदम बहादुर प्रधानलाई गाडी सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
