Close sidebar

शीतलहर चलेपछि नगरका मुख्य २० ठाउँमा सामूहिक आगो ताप्ने व्यवस्था

२०८० पुष २९ गते, आईतवार २२:४७

नेपालगन्ज / केही दिनयता बाँकेमा चलेको शीतलहर तथा चिसो हवाका कारण चिसो अत्यधिक बढेपछि नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँ तथा चोकहरुमा आगो ताप्ने व्यवस्था गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आज बिहानैदेखि नगरका मुख्य २० ठाउँमा दाउरा वितरण गरि सामूहिक आगो ताप्ने व्यवस्था गरिएको हो ।

नगरको रामलिला मैदान, भेरी अस्पताल अगाडि, त्रिभुवन चोक, त्रिवेणी मोड, सेतुविक चोक, बसपार्क बाहिर, बसपार्क भित्र, कारकाँदो चोक, विशाल चोक, पिपल चौतारा खजुरा रोड, जिल्ला प्रहरी कार्यालय अगाडि, जिल्ला प्रहरी कार्यालय परिसर, शिव मन्दिर चोक, धम्बोझी चोक, धम्बोझी चोकस्थित मस्जिद, विपी चोक, विटिएस चोक, गणेशमान चोक, मानव सेवा आश्रम र नीलसगर सेवा आश्रममा आगो ताप्ने व्यवस्था गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।

नगर प्रमुख विष्ट, प्रबक्ता प्रमोद रिजाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगी, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायतले दाउरा वितरण गरिएको हो । शीतलहरको सुरुवातसंगै चिसो अत्याधिक बढेकाले सर्वसाधारणको सहजताको लागि अब नियमित रुपमा निरन्तर नगरका अन्य सार्वजनिक स्थान, चोक तथा वडाका भित्री चोकहरूमा समेत दाउरा वितरण गरि सामूहिक आगो ताप्ने व्यवस्था गर्ने नगर प्रमुख विष्टले बताए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया