Close sidebar

रानीतलाउ नजिकबाट साईकल चोरी गर्ने राजेन्द्र वर्मा पक्राउ

२०८० पुष २९ गते, आईतवार १७:२०

कहकशाँ अन्जुम✍️
नेपालगन्ज / विगत लामो समयदेखि नेपालगन्ज उपमहानगरपालिका भित्र चोरीका घटनाहरु दिनप्रतिदिन बढ्दै गएपछि बाँके प्रहरी सक्रिय रुपमा लागेपछि अहिले चोरहरु धमाधम पक्राउ परिरहेका छन ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८, रानीतलाउ नजिकबाट शनिबार साईकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो । नेपालगन्जको वडा नम्बर ६ बस्ने ३९ वर्षीय राजेन्द्र वर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरि आवश्यक अनुसन्धान एवम् कार्वाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया