
नेपालगन्ज / डुडुवा गाउँपालिका बाँकेले चालू आर्थिक वर्ष २०८०/ ०८१ काे प्रगति प्रतिवेदन सार्वजनिक गरेकाे छ । पालिकाले शुक्रबार पत्रकार भेटघाटकाे आयाेजना गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चाैधरीले चालू वर्षकाे पुष मसान्तसम्मकाे प्रगति प्रवदेन सार्वजनिक गर्नुभएको हाे ।
१. गाउँपालिकाबाट संचालित घर-घर स्वास्थ्य कार्यक्रमबाट वडा नं-१ देखि ६ सम्मका सम्पूर्ण नागरिकहरुलाई घर-घरमा सामान्य स्वास्थ्य परिक्षण र स्वास्थ्य कार्ड स्थलगत रुपमा करिब ४२०४६ जनालाई स्वास्थ्य सेवा कार्ड प्रदान गरिएको छ ।
२. गाउँपालिकाबाट संचालित स्वास्थ्य प्रयोगशाला कार्यक्रमबाट बेतहनीको स्वास्थ्य प्रयोगशालाबाट १६२१ जना, हिरमिनियाको स्वास्थ्य प्रयोगशालाबाट २३७८ जना, कम्दी स्वास्थ्य प्रयोगशालाबाट ७२६ जना गरि करिब ४७२५ जनालाई स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गरिएको
३. गाउँपालिकाबाट संचालित जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रमबाट सबै वडाका जेष्ठ नागरिकहरुको सामान्य स्वास्थ्य परिक्षण, सामान्य प्रयोगशाला (मलेरिया, मघुमेह,) सेवा घर-घरमा स्वास्थ्यकर्मीबाट करिब ५३४ जनालाई सेवा प्रदान गरिएको
४. गाउँपालिकाबाट संचालित बर्थिंङ्ग सेन्टर बेतहनी स्वास्थ्य चौकीमा २०० जना, बनकट्टी स्वास्थ्य चौकीमा ७५ जना, हिरमिनिया स्वास्थ्य चौकीमा ११९ जना र कम्दी स्वास्थ्य चौकीमा ७० जना गरी ४६४ जनालाई सेवा प्रदान गरिएको छ ।
५. गाउँपालिकाभित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकीहरुबाट बहिङ्ग (ओ.पि.डी) सेवा २५५१२ जनालाई सेवा प्रदान गरिएको ।
६. गाउँपालिकाको सबै वडा कार्यालय, स्वास्थ्य चौकी र मा.वि. स्कूलहरुमा इन्टरनेटसहित इन्टरकम र सी.सी.टी.भी. क्यामरा जडान भई डिजिटल प्रणालीमार्फत कार्य सम्पदानको निगरानी भई रहेको
७. गाउँपालिकाको कृषि विकास शाखाबाट कृषि सहकारी-कृषक समूह र कृषकहरुलाई किटनाषक तथा ढुसीनाषक बिषादी ५४७ जनालाई निःशुल्क वितरण गरिएको ।
८. गाउँपालिकाको कृषि विकास शाखामा ११ वटा व्यवसायिक कृषकहरुको कृषक समूह दर्ता गरिएको ।
९. गाउँपालिकाबाट संचालित बहुबार्षिय आयोजना अन्तर्गत डुडुवा-६ मा निर्माणधिन शित भण्डारण गृह (कोल्ड स्टोर) को भौतिक प्रगति ५५ प्रतिशत भएकोले यसै बर्ष कार्य सम्पन्नमा जोड दिई संचालन ल्याईने ।
१०. गाउँपालिकाबाट संचालित घर-घर पशु स्वास्थ्य कार्यक्रमबाट पशुपालक कृषकहरुको घरमा स्थलगत २४३५० पशुपन्छीलाई निःशुल्क उपचार गरिएको ।
११. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट गाई-भैसीमा उन्नत जातको कृत्रिम गर्भाधान ७२१ पशुमा गरिएकोमा करिब ४३३ पशुहरुमा सफल भएको ।
१२. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट पशुपालन गरेका कृषकहरुको (गोरु-बोका) करिब ७५३ पशुहरुलाई बन्ध्याकरण गरिएको ।
१३. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट संचालित पशु प्रयोगशालाबाट ९९१ जना कृषकहरुको गोबर परिक्षण गरी सेवा प्रदान गरिएको ।
१४. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट पशुपालन गरेका कृषकहरुको करिब ८८ पशुपन्छीमा रेबिज बिरुद्ध खोप सेवा प्रदान गरिएको ।
१५. नेपालमा पशु रोग महामारीको रुपमा फैलिएको लम्फी स्कीन डिजिजबाट ग्रासित करिब १४२३ पशुहरुको निःशुल्क उपचार गरी रोग निको भएको ।
१६. नेपालमा पशु रोग महामारीको रुपमा फैलिएको लम्फी स्कीन डिजिजबाट ग्रसित करिब १८०० पशुहरुमा रोग बिरुद्धको खोप सेवा प्रदान गरिएको ।
१७. गाउँपालिबाको पशु सेवा स्वास्थ्य शाखाबाट संचालित आन्तरिक तथा बाह्यय परजिबि नियन्त्रण कार्यक्रम अन्तर्गत घर-घरमा गई स्थलगत पशुपालन गरेका करिब ५८७८ घरधुरीमा सेवा प्रदान गरिएको छ ।
१८. गाउँपालिकाबाट संचालित ७५ वटा बाल विकास केन्द्रमा स्थलगत अनुगमन-निरिक्षण गर्दा २६ वटा राम्रो, २७ वटा मध्यम र २२ सुधार गर्ने आवस्थामा देखिन्छ ।
१९. गाउँपालिका कार्यक्षेत्रभित्र रहेका मा.वि.,आधारभूत विद्यालयहरुमा स्थलगत अनुगमन-निरिक्षण गर्दा शिक्षकहरुको उपस्थिति ९५ प्रतिशत रहेको देखिन्छ भने बिद्यार्थीहरुको उपस्थिति ७० प्रतिशत रहेको छ जसलाई सुधार गरी नियमन गरिने ।
२०. गाउँपालिका कार्यक्षेत्र भित्र रहेका धार्मिक मदरशा-गुरुकुल विद्यालयहरुमा स्थलगत अनुगमन-निरिक्षण गर्दा शिक्षकहरुको उपस्थिति ९० प्रतिशत रहेको देखिन्छ भने बिद्यार्थीहरुको उपस्थिति ५० प्रतिशत रहेको छ जसलाई सुधार गरी नियमन गरिने ।
२१. गाउँपालिका कार्यक्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरुमा बिद्यार्थीहरुलाई नैतिक शिक्षा (ढोग, सलाम, नमस्ते) संस्कार लागु गरिएकोमा प्राम्भिक प्रगति करिब ४० प्रतिशत भएको देखिन्छ ।
२२. गाउँपालिकाबाट संचालित डुडुवा-२ को अमृतपूर्वा देखि रामनगर पाझासम्म पि.सि.सि. बाटोको भौतिक प्रगति ७० प्रतिशत भएको छ भने यसै बर्ष कार्य सम्पन्न गरिने ।
२३. गाउँपालिकाबाट डुडुवा-२ को पशुपति मा.वि.मा ९ कोठे भवन निर्माणको भौतिक प्रगति ४० प्रतिशत भएको छ भने यसै बर्ष कार्य सम्पन्न गरिने ।
२४. गाउँपालिकाको साँस्कृतिक पर्यटनका लागि डुडुवा-२ को रामनगर पाझामा शिवको प्रतिमा स्थापना गर्न सम्भावयता अध्ययन गरी निर्माण कार्य अघि बढाउने छ ।
२५. पशु स्वास्थ्य सेवा लिन वितरण गरिएको कार्ड हराएमा रु १००।- दस्तुर बुझाई नयाँ कार्ड लिन सक्ने ब्यवस्था गरिएको ।
२६. जग्गा व्यवस्थापन कार्यक्रम अन्तर्गत जग्गा नाप नक्सा गर्नका लागि प्रति कित्ता रु २००।- दस्तुर बुझाई सेवा लिन सक्ने व्यवस्था गरिए अनुरुप २०८० साउनदेखि हालसम्म ६५ जनाको ९० कित्ता जग्गा नापजाँच गरिएको ।
