Close sidebar

भालुवाङ बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो

२०८० पुष २८ गते, शनिबार ०२:१४

नेपालगन्ज / भालुवाङ बस दुर्घटनामा मृतकको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार राति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन सकेको छैन । शवलाई लमहीस्थित अस्पतालमा पठाईएको छ । भने २३ जनालाई थप उपचारका लागि बुटवल र नेपालगञ्ज पठाउने तयारी छ ।

नेपालगन्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राति करीब साढे १० बजेतिर दाङ–देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा खसेको हो । घटनास्थलबाट जेसिवीको सहायताले ७ जनाको शव निकालिएको छ । यसअघि ५ जनाको शव निकालिएको थियो ।

२३ जना घाइतेहरुको भालुवाङ प्रस्तावित अस्पतालमा उपचार भइरहेको सिंहले जानकारी दिए । घाइतेहरुको पहिचान भैइरसेको छ । बसमा करिब ३५ जना यात्रु सवार रहेको हुन सक्ने अनुमान गरिएको छ । अहिले पनि नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया