Close sidebar

ई-रिक्सामाथी डोजर चलाएर नष्ट गरेको विरोधमा ई-रिक्सा ब्यवसायी आन्दोलित

२०८० पुष २५ गते, बुधबार १४:०४

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकाले ई-रिक्सा माथी डोजर चलाएर नष्ट गरेको बिरोधमा ई-रिक्सा ब्यवसायीले नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडी आन्दोलन गरेका छन् । ई-रिक्सा माथी डोजर चलाएर गरिबको गाँस खोसेको भन्दै ई-रिक्सा ब्यवसायी संघ बाँकेको अगुवाईमा आज (बुधबार) बिहान ११ः३० बजेदेखि ई-रिक्सा ब्यवसायी आन्दोलनमा उत्रिएका छन ।

गैरकानुनी रुपमा बिना कागजपत्र बिना दर्ता आफूखुसी सडकमा गुडिरहेको ई-रिक्सालाई लामो समयदेखि नियन्त्रणमा लिएर ताकेता गर्दा पनि कागजपत्र नबुझाएपछि ‘अबैध’ भनी ई-रिक्सालाई उपमहानगरपालिका कार्यालयले मंगलबार डोजर चलाएर नष्ट गरेको थियो । ई-रिक्सा नष्ट गरेको विरोधमा ठुलो संख्यामा ई-रिक्साहरु सडकमा तेर्साएर व्यवसायीले कार्यालयको मुलगेटमा चर्का नाराबाजी गरेका छन् । आन्दोलनरत ई-रिक्सा व्यवसायीले अबैध रिक्सा ठहर भए प्रमाण पेश गर्न उपमहानगरपालिकालाई चेतावनी समेत दिएका छन् ।

आन्दोलनको नेतृत्व गरेको ई-रिक्सा ब्यवसायी संघ बाँकेका अध्यक्ष कुमारसिंह ठकुरीले आफ्ना माग पुरा नहुँदासम्म आन्दोलन नरोक्ने बताएका छन् । उनले अगाडी भने, ‘हाम्रा व्यवसायीमाथी जुन खालको अन्याय र अत्याचार गरिएको छ, यसका विरुद्ध हामी आन्दोलित भएका हौं, माग पुरा नहुँदसम्म आन्दोलन चल्छ ।’ गरिबको ई-रिक्सामा डोजर चलाउन मिल्छ ?’ ब्यवसायीले भने ‘कहिले काही कागज हराउँछ, कागज हराउँदैमा रिक्सामाथी डोजर चलाइदिने ?’

संघले ई-रिक्साको हकमा पुर्व स्थानीय सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने, उपमहानगरपालिकादद्वारा नष्ट गरेका ई-रिक्साको क्षतिपुर्ति दिनुपर्ने, नियन्त्रणमा लिइएका ई-रिक्साहरुलाई एक पटकलई फिर्ता गर्नुपर्ने, उपमहानगरपालिकामा दर्ता भएका ई-रिक्साहरुलाई नविकरण गरिदिनुपर्ने र उपमहानगरपालिकाले पारित गरेको ‘ई-रिक्सा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि-२०७८’ पूर्ण रुपमा लागु गर्नुपर्ने माग राखेको छ ।

आन्दोलनरत ई-रिक्सा व्यवसायीले नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रसान्त विष्ट र उपमेयर कमरुद्दीन राईको चर्को बिरोध गरेका छन् । ई-रिक्सा व्यवसायीको आन्दोलनलाई मध्यनजर गर्दै उपमहानगरपालिकाको मुलगेटमा ठूलो संख्यामा नगर प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया