Close sidebar

जानकी – ४ ले फाइबर सिरक वितरण गरेपछि स्थानीय हर्षित

२०८० पुष २४ गते, मंगलवार १८:३२

मो. ताहिर शेषराई ( साहिल)

नेपालगन्ज /  केही दिनयता बाँकेमा चिसो अत्यधिक बढेपछि  जानकी गाउँपालिका वडा नम्बर ४ ले फाइबर सिरक वितरण गरेको छ । वडा नम्बर ४ को कार्यालयमा मंगलबार एक कार्यक्रमको आयोजना गरि ४ सय १५ जनालाई फाइबर सिरक वितरण गरेको हो । वडा कार्यालयले सिरक वितरण गरेपछि स्थानीयहरु हर्षित भएका छन ।

वडा नम्बर ४ का वडा अध्यक्ष रमेशकुमार वर्माको अध्यक्षतामा र जानकी गाउँपालिका बाँकेका अध्यक्ष छब्बन खाँको प्रमुख अतिथिमा तथा प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले संयुक्त रुपमा ज्येष्ठ नागरिक, एकल महिला तथा विधुवालाई सिरक ओढाएर सम्मान गरेका थिए ।

पालिका अध्यक्ष छब्बन खाँले वडामा रहेका ज्येष्ठ नागरिक, एकल महिला र विधुवालाई जाडो मौसममा न्यायो प्रदान गर्ने उद्देश्यले सम्मानसहित सिरक वितरण गरिएको बताउनुभयो । उहाँले चिसोका कारण समस्यामा परेका मानिसहरुलाई समेत फाइबर सिरक वितरण गरिको बताए ।

विपद् तथा वातावरण व्यवस्थापन समितिका शाखा प्रमुख राजेन्द्र बाजपेयीले सञ्चालन गरेको कार्यक्रममा वडा सचिव अन्जु श्रेष्ठ, विपद् तथा वातावरण व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंह, वडा सदस्यहरु कमला देवी यादव, केकइ धोबी, हबीब पठान, पालिका अध्यक्षका परामर्शदाता सोहराब दर्जी, मेलमिलाप संयोजक श्री प्रसाद रजक, ज्येष्ठ नागरिक, कर्मचारी, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया