
नेपालगन्ज / नेपाल मुस्लिम इत्तेहाद संगठनको ५ औं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ । नेकपा एमालेको भातृ संगठनको रुपमा रहेको नेपाल मुस्लिम ईत्तेहाद संगठनको जिल्ला अधिवेशन नेपालगन्जस्थित जिविसको सभा हलमा सम्पन्न भएको हो । नेकपा एमालेको केन्द्रिय सदस्य एवं पोलिट व्युरो सदस्य खेम्मान खड्काको प्रमुख अतिथिमा भएको अधिवेशनको बन्द शत्रबाट नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।
बाँके क्षेत्र नं. २ को संघीय सांसद एवं नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकालले ७७ जिल्ला मध्ये बाँके जिल्ला उत्कृष्ट जिल्ला आउन सक्ने विश्वास रहेको र पार्टी पनि नेपाल मुस्लिम इत्तेहाद संगठनको साथमा रहेको जिकिर गर्नुभयो । नेकपा एमालेको जति पनि जनवर्गीय संगठन सक्रिय रहेको छ, उत्तिकै यो संगठन पनि सक्रिय रहेको र आगामी दिनमा पनि त्यत्तिकै सक्रिय रहने विश्वास व्यक्त गरे । उहाँले राज्यको हरेक निकायमा मुस्लिम समुदायको सहभागीता सुनिश्चित गरिनु पर्ने बताउँदै मुस्लिम समुदायको हकहितका लागि सधै तयार रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा नेपाल मुस्लिम ईत्तेहाद संगठनका केन्द्रिय उपाध्यक्ष मो. हारून हल्वाईले देशकै जेठो संगठनको रुपमा स्थापित नेपाल मुस्लिम इत्तेहाद संगठन मुस्लिम समुदायको हक अधिकारका निमित्त क्रियाशिल रहँदै आएको बताउँदै मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन हुन नसकेको भन्दै अधिकार प्राप्तिको निम्ति मुस्लिम समुदाय एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । वर्तमान परमादेश सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको उहाँको भनाई छ ।
नयाँ कार्यसमिति निर्विरोध चयन :
अध्यक्ष: शफिक बेहना, उपाध्यक्ष: मोहम्मद सगिर खाँ, सचिव: गुलाम हुसैन कादरी, सहसचिव: अनवरी खान र कोषाध्यक्ष: मोहम्मद एस ठकुराईलाई निर्विरोध चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा क्रमश: जाहिद अली गुणचर, मोहम्मद अफ्सर खाँ, नन्काई पठान, यार मोहम्मद खाँ, इरशाद अली इद्रिसी, बसीर बेहना, सलाहुद्दीन बागवान, रज्जब अली सैय्यद, गुलाम अहमद रजा खान (बन्टी), अख्तरुन निशा, अब्दुल सत्तार खाँ, जाहिद अली मनिहार, नूर मोहम्मद हल्वाई, अली अकबर बेहना र मोलहे बेहना रहेका छन ।
