Close sidebar

आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पुरा, मंगलबार देखि सुरु हुँदैं

२०८० पुष २३ गते, सोमबार २३:२६

🔘 मिना चौधरी✍️
नेपालगन्ज / पश्चिम नेपालका आम महिला उद्यमीहरुले प्रतिक्षा गरिरहेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आठौं संस्करणको तयारी पूरा भएको छ । भोलि पुष २४ गतेदेखि २८ गतेसम्म नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २, स्थित बागेश्वरी मन्दिर परिसरमा हुन लागेको आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको प्रदर्शनी संयोजक एवम्  महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहले जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले प्रदर्शनीको उद्घाटन गर्नुहुनेछ । उद्घाटन कार्यक्रममा महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवाली, तृतीय उपाध्यक्ष बसन्ती प्रधान लगायतको सहभागिता रहनेछ । मंगलबार दिउँसो ११ बजे हुने उद्घाटन समारोहमा आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले महिला उद्यमीको क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएकोमा अध्यक्ष शोभा ज्ञवाली, तृतीय उपाध्यक्ष बासन्ती प्रधान, केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली र महिला उद्यमी संघका विभिन्न जिल्ला अध्यक्षलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रदेशले हरेक वर्ष नयाँ उचाई हासिल गर्दै गएको छ । यस वर्ष पनि महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्दै महिलाहरुमा रहेको सीप, क्षमता र शक्तिलाई  देशको आर्थिक विकासमा रुपान्तरण गर्ने उद्देश्य लिएर प्रदर्शनी आयोजना गरेको आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोख्रेल बस्नेतले बताउनुभयो । स्थानीय उत्पादन र महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण प्रर्दशनीले सहयोग गर्ने अध्यक्ष बस्नेतले बताउनुभयो ।

यस पटक हाम्रो प्रदर्शनीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका जिल्लाबाट महिला उद्यमीहरुको उत्पादनहरु प्रदर्शनमा आएका छन् । प्रदर्शनमा विशेष गरी स्थानीय स्तरमा महिला उद्यमले संचालन गरेको उद्योगबाट उत्पादित कृषि उत्पादन, कपडाहरु, खाद्यन्न तथा परिकार, हस्तकलाका सामाग्री, काठबाट बनेका वस्तुहरु, पत्थरबाट गरगहना, लत्ताकपडा, कमपोष्ट मल, होमस्ट प्रवर्द्धन स्टल लगायतका सामाग्रीहरुका स्टल प्रदर्शनीमा रहनेछन् ।

नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग, केएल दुगर्डको मुख्य प्रायोजन र महिला उद्यमी महासंघ नेपालसँगको सहकार्यमा हुन लागेको आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीलाई विगत भन्दा अझ सफल र भव्य बनाउने तयारी गरिरहेको अध्यक्ष बस्नेतले बताउनु भएको छ । यस पटक ६५ वटा भन्दा बढी स्टल प्रदर्शनी स्थलमा रहनेछन् । प्रदर्शनी कार्यक्रमका दौरान हामीले महिला उद्यमीहरुको समस्या र नयाँ सम्भावनाको खोजी गर्ने पनि प्रयास गर्ने आयोजकले बताएको छ । प्रदर्शनीका दौरान सफल महिला उद्यमीहरुको सफलताको कथा सुनाउने कार्यक्रम रहेको छ ।

पुष २६ गते महिला उद्यमीहरुको समस्या र चुनौति विषयमा सरोकारवाला निकायहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम रहनेछ । प्रदर्शनमा आएका स्टलहरु मध्ये बाँके जिल्लाबाट एक र बाँके जिल्ला बाहिरबाट आएका मध्येबाट एक जना स्टललाई पुरस्कृत गर्ने आयोजकले तयारी गरेको छ । प्रदर्शनीले महिला उद्यमीहरुको आत्मविश्वास, सीप, क्षमता र बजारीकरणमा महत्वपुर्ण सहयोग गर्दै आएको महिला उद्यमी संघ नेपालको केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले बताउनुभयो । प्रदर्शनी आर्थिक रुपमा प्रभावकारी बन्दै गएको प्रदर्शनीको आर्थिक संयोजक शसी स्वाँरले बताउनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया