Close sidebar

एक लाख मूल्य बराबर पित्तलको गिलास बरामद

२०८० पुष २३ गते, सोमबार ०१:३८

🔘 कहकशाँ अन्जुम✍️
नेपालगन्ज / अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याई बेवारिसे अवस्थामा रहेको अन्दाजी एक लाख मूल्य बराबरको पित्तलको गिलास प्रहरीले बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीको टोलीले आइतबार अन्दाजी ११:४० बजेतिर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ गौसिया मस्जिद रोड स्थित दुई सय वटा पित्तलको गिलास बरामद गरेको हो ।

वडा प्रहरी कार्यालय नेपालगन्जका अनुसार बरामद गरिएको गिलास आवश्यक कार्वाहीको लागि नेपालगन्ज भन्सार कार्यालय, बाँके पठाईएको बताइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया