गुलरिया / भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको विभिन्न किसिमका सामानहरु प्रहरीले बरामद गरेको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ८ स्थित अन्दाजी रू.२३,३६५ मुल्य बराबरका सामानहरु बर्दिया प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले आइतबार बरामद गरेको सामानहरु आवश्यक कार्वाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता (डिएसपी) तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
