Close sidebar

नेपालगन्जमा बढ्यो चिसो, बालबालिकाहरु विद्यालय जान बाध्य

२०८० पुष १८ गते, बुधबार १४:१९

नेपालगन्ज / केहीदिन यता नेपालगन्जमा चिसो अत्यधिक रुपले बढेको छ । चिसो हवा, हुस्सु र कुहिरोले नेपालगन्जलाई ढाकिएपछि चिसो अत्यधिक रुपले बढेको हो । चिसो बढेपछि यहाँको जनजीवन समेत कष्टकर बनेको छ । दिउँसोको समय हल्का घाम लागेपनि विहान साँझ चिसो बढ्दै जान थालेपछि कठ्यांग्रिदो चिसोमा बालबालिकाहरु विद्यालय जान बाध्य भएका छन ।

आज (बुधबार) बिहान नेपालगञ्जको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको जल तथा मौसम कार्यालय नेपालगञ्जका नायव मौसम विज्ञान सहायक कुमार रानाले जानकारी दिए । ‘यो आज बिहान ८ बजेर ४५ मिनेटमा मापन गरिएको तापक्रम हो,’ उनले भने ।

यसअघि मंगलबार नेपालगन्जको तापक्रम झनै घटेको थियो । रानाका अनुसार मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा कायम गरिँदा नेपालगञ्जको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस थियो । बुधबारको तुलनामा मंगलबार झनै कम रहेको नायव मौसम विज्ञान रानाले बताए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया