
नेपालगञ्ज / लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा जानकी गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा आज सडक नाटक गरिएको छ । २५ नोभेम्बरदेखि शुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा जानकी गापा. अन्तर्गत वडा नम्बर ३, इन्द्रपुर र वडा नम्बर ५, बेलहरी गरि दुई स्थानमा बिहिवार सडक नाटक गरिएको हो ।
जानकी गाउँपालिकाको आयोजना र आईएनएफ संस्था, बी-ग्रुप, मिलाप संस्थाको साझेदारीमा सडक नाटक गरेका हुन । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभरी महिला हिंसा विरुद्धको अभियान मनाईँदै आएका छन ।
कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, कार्यपालिका सदस्य एवं वडा नं.५ का वडाअध्यक्ष टिकानाथ यादव, सुचना अधिकारी शोभा पौडेल, महिला विकास सहायक निरीक्षक कल्पना गाहामगर, अध्यक्षको स्वकीय सचिव सोहराव दर्जी, माइती नेपालका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
