Close sidebar

डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटयो

२०८० मंसिर १४ गते, बिहीबार २२:००

नेपालगञ्ज / नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको  छ । नयाँ मुल्य अनुसार निगमले बिहिवार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको हो । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको छ । एलपी ग्यासको मूल्य भने यथावत छ ।

नयाँ मूल्य अनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा प्रतिलिटर पेट्रोलको मूल्य १७० रुपैयाँ पर्ने छ ।

डिजेल र मट्टितेल भने क्रमशः प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ । एलपी ग्यासको मूल्य देशभर प्रतिसिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् आयल निगमको सूचना:

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया