
सकील अहमद राई✍️
नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ जोगागाउँस्थित सगरा कुट्टी क्षेत्रमा मंसिर ११ गतेदेखि लाग्ने कार्तिक पूर्णिमा नहान मेलाको लागि मेला मूल समिति गठन गरिएको छ । प्रत्येक वर्षझैं यस वर्ष पनि कार्तिक पूर्णिमाको अवसरमा लाग्ने नहान मेलाको लागि १३ सदस्यीय मेला मूल समिति गठन गरिएको हो ।
गाउँपालिका अध्यक्ष छब्बन खाँको विशेष उपस्थितिमा र वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताको अध्यक्षतामा मंगलबार बसेको बैठकले करण बर्माको अध्यक्षमा मूल समिति गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा रामधिरज यादव, सचिव कुलबहादुर थापा, सह-सचिव जीतराम यादव, कोषाध्यक्ष राजु काँदु रहेका छन ।
यस्तै सदस्यहरुमा महेशचन्द्र बर्मा, राजेन्द्र पासी, बदलु चमार, जलवर्षा काँदु, लवकुश बर्मा, देसराज खटिक र अमृतलाल काँदु रहेका छन । बैठकले मेला मूल सुरक्षा समिति, मेला सल्लाहकार समिति लगायत गठन गरिएको छ । भने मेला अवधिभर समाचार सम्प्रेषण जिम्मेवारी सञ्चारकर्मी स्थानीय सकिल अहमद राईलाई दिएको छ ।
त्यस्तै मेलालाई सभ्य र भब्य बनाउन वडा अध्यक्ष गुप्ताको नेतृत्वमा समिति समेत बनाइएको छ । परम्परागत मेला अवधिभर तोकिएको स्थान बाहेक अन्य क्षेत्रभित्र रक्सी पसल, जुवा, तास जस्ता खेल नखेल्न / खेलाउन पुर्णरूपले बन्देज गरिएको छ । मेलामा सगराकुट्टी क्षेत्रभित्र मादक पदार्थ सेवन गरि प्रवेश नगर्न / गराउन समेत बन्देज गरिएको छ ।
मंसीर १३ गतेसम्म सन्चालन हुने कार्तिक पुर्णिामा नहान मेलालाई सभ्य र भब्य बनाउन वडाअध्यक्ष गुप्ताले स्थानीयबासीलाई आग्रह अमेत गर्नुभएको छ । बैठकमा वडा नम्बर १ का वडा अध्यक्ष रजा राई, वडा नम्बर २ का सचिव कविता रेग्मी, सुरक्षाकर्मी, नागरिक समाजका अगुवा, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।
