Close sidebar

सनसनीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया सेमिफाइनलमा

२०८० कार्तिक २२ गते, बुधबार ०४:४९

काठमाडौं / भारतमा जारी आइसिसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले सनसनीपूर्ण प्रदर्शन गरेको छ । मंगलबार भएको सनसनीपूर्ण खेलमा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै अस्ट्रेलियाले आफ्नो सेमिफाइनल यात्रा सुरक्षित पारेको हो । अस्ट्रेलियाको सानदार जितका लागि ग्लेन म्याक्सवेलले नटआउट २०१ रनको योगदान दिए ।

निश्चित हारको संघारमा रहेको अस्ट्रेलियालाई चोटका बाबदुत उनले जितको मुकामसम्म पुर्‍याए । अफगानिस्तानले इब्राहिम जद्रानको नटआउट १२९ रनको सतकीय पारीका बदौलत २ सय ९१ रनको योगफल तयार गरेको थियोे । उनले १ सय ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए ।

जितका लागि २ सय ९२ रनको लक्ष्य अस्ट्रेलियाले ४६.५ ओभरमा सात विकेट गुमाएर २ सय ९३ रन बनाए पुरा गर्‍यो । म्याक्सवेलले कुल १ सय २८ बलमा २१ चौका र १० छक्का प्रहार गरे । उनले कमिन्ससँग मिलेर २ सय २ रनको साझेदारी गरे । कमिन्सले ६८ बलमा १२ रन बनाए ।

योसँगै अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने तेस्रो टिम बनेको छ । यसअघि भारत र दक्षिण अफ्रिकाले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । यो जितपछि अस्ट्रेलियाको अंक १२ पुगेको छ र लिग तालिकाको तेस्रो स्थानमा छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया