Close sidebar

भ्रष्टाचार विरुद्ध जानकीमा पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम

२०८० कार्तिक २१ गते, मंगलवार २२:११

नेपालगञ्ज / “सदाचार, निष्पक्षता, निर्भीकता” भ्रष्टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य भन्ने नारा सहित भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धि आज पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटबल सम्पर्क कार्यालय नेपालगञ्जको आयोजना र जानकी गाउँपालिका बाँकेको व्यवस्थापन तथा सहजीकरणमा मंगलबार जानकी गाउँपालिका सभाहलमा भ्रष्टाचार नियन्त्रण सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

जानकी गाउँपालिका बाँकेका अध्यक्ष छब्बन खाँको प्रमुख अतिथि र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटबल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख गणेश बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि खाँले भ्रष्टाचार नियन्त्रण गर्न सबैको सहयोग हुनुपर्ने र पालिका भित्र रहेका पदाधिकारीहरुले कानूनको पालना गर्नपर्ने कुरामा जोड दिए ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले कार्यक्रममा उठेका सवालहरुको बारेमा बोल्दै गाउँपालिका भित्र भ्रष्टाचार नभएको जिकिर गर्नुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणमा सर्वपक्षीय चासो, सक्रियता र सहयोग हुनुपर्ने विषयमा जोड दिँदै भ्रष्टाचारजन्य कार्यको जानकारी हुन साथ खबर गर्न सबैमा आग्रह गरे ।

सो कार्यक्रममा  भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तुहरु एवं स्थानीय तहलाई आयोगका सुझावहरुका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटबल सम्पर्क कार्यालय नेपालगन्जका शाखा प्रमुख नारायण ढकालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, लेखा अधिकृत मतीन अहमद अन्सारी, १ देखि ६ नं. का वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरु, स्थानीय सुरक्षा निकायका प्रमुखहरु, स्थानीय गैर सरकारी संस्था तथा नागरिक समाज लगायतको उपस्थिति थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया