नेपालगन्ज / जाजरकोटमा आज फेरि परकम्प महशुस भएको छ । शनिबार दिउँसो ३: ४० बजे रामिडाँडालाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको परकम्प महशुस भएको भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका – १, रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको थियो । सो परकम्पबाट शनिबार साँझ ५ बजेसम्म १५७ जनाको मृत्यु भएको छ, भने १७० जना घाइते रहेका छन ।
प्रहरीका अनुसार जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ, भने ८१ जना घाइते रहेका छन । त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ, भने ७८ जना घाइते रहेका छन । यसैगरी दैलेखमा ३, जुम्लामा ३, प्युठानमा ३ र बैतडीमा २ जना घाइते रहेको बताइएको छ ।
