
नेपालगन्ज / पश्चिम नेपालमा गएराति गएको भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको ज्यान गएको छ भने १४१ जना घाइते भएका छन । प्रहरीका अनुसार सो भूकम्पमा परी जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन ।
त्यस्तै पश्चिम रुकुममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन । घाइतेहरुको जाजरकोट, रुकुम, सुर्खेत, नेपालगन्ज लगायत स्थानमा उपचार भैइरहेको छ । हालसम्म भेरी डेडिकेटेड अस्पतालमा भुकम्पका १७ जना घाइते उपचारका लागि आइसक्नु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
शुक्रबार राती जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियोे । त्यसपछि लगातार ३ वटा भूकम्पका झडकाहरु गएका थिए । भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार शुक्रबार राति ११ः ४७, १२: ०८, १२: २९, १२: ३५ गरी ४ पटक क्रमश: ६.४, ४.५, ४.२, ४. ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
