Close sidebar

जाजरकोटमा ६.४ रेक्टर स्केलको भूकम्प: केही घर भत्किए, केही मानिस घाइते

२०८० कार्तिक १८ गते, शनिबार ०१:४८

नेपालगञ्ज / बाँके लगायत देशभरका विभिन्न जिल्लाहरुमा भूकम्पको ठूलो धक्का महशुस गरिएको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । भूकम्प पश्चात् मानिसहरू घरबाहिर निस्किएका थिए ।

स्थानीयका अनुसार भूकम्पका कारण जाजरकोटस्थित खलंगामा ढुङ्गाले बनेका करिब १५ घरमा क्षति पुगेको छ । जसमा ७/८ जना परिवारका सदस्यहरू घाइते भएको बुझिएको छ । अहिले सम्म थप क्षतिको विवरण भने आएको छैन । क्षतिबारे बुझ्न प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष रोक्काले जानकारी दिए ।भूकम्पको झटका नेपालको राजधानी काठमाडौंदेखि भारतको राजधानी दिल्लीसम्म महशुस गरेपनि क्षतिको विवरण भने प्राप्त भएको छैन । उक्त भूकम्पपछि कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत जिल्लाको सदरमुकाम बीरेन्द्रनगर आसपास भएर करिब ४ रेक्टर स्केलसम्मका पराकम्पनहरु पनि गएका छन । पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रबिन्दु रहेर केही समययता लगातार भूकम्प गईरहेका छन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया