Close sidebar

असहज परिस्थितिलाई सहज बनाउने प्रतिबद्धता, कर्फ्यु खुकुलो हुने संकेत

२०८० आश्विन १७ गते, बुधबार २२:५१

नेपालगन्ज / नेपालगन्जको असहज परिस्थितिलाई सहज बनाउने प्रतिबद्धता सहित कर्फ्यु खुकुलो बनाउन जोडदार माग गरिएको छ । शान्ति र सदभाव कायम गर्न भन्दै बसेको आजको सर्वपक्षीय/सर्वदलीय बैठकले समाजिक सदभाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा धार्मिक आस्थामा आंच आउने क्रियाकलाप गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउन आवश्यक फलकदमि लिने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेमा बसेको प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डेसहितको सर्वपक्षीय र सर्वदलीय बैठकले शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पूर्णरुपमा सामान्य अवस्थामा ल्याउन जारी कर्फ्युलाई क्रमशः खुकुलो बनाएर पूर्णरुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकमा उपस्थित सबैले अब उप्रान्त सदभाव भड्कीन नदिने सामुहिक प्रतिबद्धता जनाएका छन् । बैठकले सबै क्षेत्र, तह र तप्काको उल्लेख्य सहभागीता हुने गरि केहीदिन भित्रै सदभाव र्‍याली निकाल्ने पनि निर्णय गरेको छ ।

बैठकमा नगरप्रमुख प्रशान्त विष्टले घाईतेहरुको उपचार नेपालगन्ज उपमहानगरपालिकाले गरी दिने प्रतिबद्धता जनाएका थिए भने लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले क्षतिपूर्ति प्रदेश सरकारले दिने बताएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन्न आचार्यको नेतृत्वमा बसेको बैठकमा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. धवलसम्शेर राणा, प्रदेशसभा सभा सदस्य कृष्णा केसी नमुना, पूर्वमन्त्री मोहम्मद इस्तियाक राई, नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी उमेशराज जोशी, बाँके स्थित राजनीतिकदलका नेता, धार्मिक संघ संस्थाका अगुवाहरुको उपस्थिती रहेको छ । धार्मिक विवाद बढ्दै गएपछि मंगलबार दिउँसो १ बजेबाट नेपालगन्जमा जारी गरिएको कर्फ्यु आदेश कायम रहेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया