
नेपालगन्ज / बाँकेसहित पश्चिम नेपालको अधिकांस जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको जनाइएको छ । पछिल्ला दिनमा पश्चिम नेपाललाई केन्द्र विन्दु बनाएर भुकम्प जानेक्रम बढेको छ ।
