Close sidebar

नेपालगन्जमा अनिश्चितकालिन कर्फ्यु जारी, टोल टोलमा प्रहरी परिचालन

२०८० आश्विन १६ गते, मंगलवार १४:०५

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा अनिश्चितकालिन (कर्फ्यू) आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो । अहिले टोलटोलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

ओमकार परिवार नेपालगन्ज हिन्दु समाजले आज निकालेको र्यालीका क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि साम्प्रदायिक दंगा भड्किन नदिन अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टाेपेन्द्र केसीले जानकारी दिए ।

मोहम्मद जन्मजयन्तीका दिन सामाजिक सञ्जालमा इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लललाहु अलैहे वसल्लम माथी अभद्र टिप्पणी गरेका कारण फैलिएको विवादले मंगलबार दुई समुदाय आमनेसामनेको अवस्थामा पुगेपछि स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरिएको केसीले बताए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया