Close sidebar

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न नेपालगन्जमा सद्भाव र्‍याली

२०८० आश्विन १६ गते, मंगलवार १०:२२

नेपालगन्ज / विभिन्न धर्मगुरुसहित आज बिहानै नेपालगन्जमा सद्भाव र्‍याली निकालिएको छ । सामाजिक सद्भाव नेपालगन्जको पहिचान भएकाले यसलाई अझै प्रगाढ बनाउन विभिन्न धर्मगुरुसहितको सद्भाव र्‍याली निकालिएको हो ।

नेपालगन्जस्थित वीपी चोकबाट शुरु भएको सद्भाव र्‍याली नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । र्‍यालीमा राजनीतिक दल, नागरिक समाजका अगुवा लगायतले सामाजिक तथा धार्मिक सद्भावलाई थप बलियो बनाउन आम नगरबासी र जिल्लावासीमा अपिल गर्नुभएको छ ।

र्‍यालीमा विभिन्न धर्मावलम्बीहरु, राजनीतिक दल, नागरिक समाज सम्मिलित सद्भाव र्‍याली प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो । ‘सामाजिक र धार्मिक सद्भाव विरुद्ध गतिविधि गर्नेलाई कानुन अनुसार कारबाही गर्ने र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैले आफ्नो स्थानबाट सहयोग गर्नुृपर्ने उहाँको भनाइ छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया