Close sidebar

पेट्रोलियम पदार्थमा फेरी मूल्यवृद्धि, ग्यासमा प्रतिसिलिण्डर २१५ ले बढ्यो

२०८० आश्विन १३ गते, शनिबार २३:१५

काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि गरेको छ । निगमले शनिबार मध्यराती १२ बजेबाट लागू हुने गरि पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो वृद्धिसँगै अब ग्यासको नयाँ मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य अब पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया