Close sidebar

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

२०८० आश्विन १४ गते, आईतवार १४:०७

काठमाडौं / सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । निगमले शनिबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएपछि चौतर्फी विरोध भएपश्चात आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्यवृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।

मन्त्रिपरिषद् बैठकले चाडपर्वको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै मूल्यवृद्धि फिर्ता लिन सरकारको निर्देशनपछि निगमले आइतबार विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो । मूल्यवृद्धि फिर्तापछि पुरानै मूल्य कायम हुँदा ग्याँस प्रतिसिलिण्डर १८९५ रुपैयाँ हुनेछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया