
मो. ताहिर शेष राई (साहिल)
नेपालगन्ज / १६ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयोजित पुस्तौ पुस्ताका लागि पुस्तकालयको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जानकी गाउँपालिका वडा नं. २ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँको आयोजनामा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जब अली हल्वाईको प्रमुख अतिथित्वमा बुधबार कार्यक्रम सम्पन्न भएको हो ।
पढौँ, पढाऔँ निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं भन्ने आदर्श वाक्य सहित वक्तृत्वकला प्रतियोगितामा कक्षा १० देखि ६ सम्मका प्रत्येक कक्षाबाट एकएक जना छात्र/छात्राहरु सहभागी भएका थिए । प्रतियोगितामा सहभागी विद्यार्थीमध्ये सन्ध्या हरिजन प्रथम, करुणा हरिजन द्वितीय र इरशाद हल्वाई तृतीय स्थान हासिल गर्न सफल भएका छन् भने सन्तवना उपहारको पुरस्कार नेहासिंह घरिकले जितेका छन ।
प्रतियोगितामा विद्यालयका प्रधानाध्यापक एवं वक्तृत्वकला निर्णायक समितिका संयोजक मो. आलमीन राई, निर्णायक सदस्यमा निरज कुमार मिश्रा र पुष्पा आचार्यले भुमिका निर्वाह गरेकी थिइन । सो कार्यक्रममा तीन जना विद्यार्थीलाई विद्यालय परिवारले खादा-टीका लगाएर सम्मान गरेका थिए ।
यसैगरी रक्षाबन्धनको अवसर पारेर छात्र/छात्रा बिचको सम्बन्धलाई अझै बलियो बनाउन उद्देश्यले रक्षाबन्धन बाधेर शुभकामना आदानप्रदान गरेका थिए । विद्यालयका सहायक कम्प्युटर अपरेटर सकिल अहमद राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका छात्र रहमान अली नाउले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका शिक्षक कृष्णहरि आचार्यले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । प्रतियोगितामा अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको बाक्लो उपस्तिथि रहेको थियो ।
