Close sidebar

निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

२०८० भाद्र १४ गते, बिहीबार २१:३४

काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार एक विज्ञप्ती प्रकाशित गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएको हो ।

बिहीबार राती १ बजे देखि लागू हुने गरि डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ४ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नयाँ मूल्य सूची अनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्ग १७९/५० दोस्रो वर्ग १८१ र तेस्रो वर्ग १८२ रुपैयाँ पर्ने छ । भने डिजल र मट्टीतेल प्रतिलिटर पहिलो वर्ग १६७/५० दोस्रो वर्ग १६९ र तेस्रो १७० रुपैया पर्ने छ । यस्तै एलपी ग्यास प्रतिसिलिन्डर अब १,८९५ रुपैया पर्ने छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया