Close sidebar

राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा भोलि वक्तृत्व कला प्रतियोगिता हुने

२०८० भाद्र १२ गते, मंगलवार २१:३८

कहँकशा अन्जुम 

नेपालगन्ज / राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा भोलि वक्तृत्व कला प्रतियोगिता हुने भएको छ । भदौं १३ गते बुधबार जानकी गाउँपालिका वडा नम्बर २ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँको आयोजनामा वक्तृत्व कला प्रतियोगिता हुने भएको हो ।

पुस्तौ पुस्ताका लागि पुस्तकालय विषयक वक्तृत्व कला प्रतियोगिताका लागि राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयोजित वक्तृत्व कलामा कक्षा १० देखि ६ सम्मका प्रत्येक कक्षाबाट एक जना छात्र र छात्राहरुले भाग लिन पाउने छन् ।

उक्त विषयमा पाँच मिनेटमा बोलिने मुख्य विषय वस्तु समय निर्धारण अनुसार एक मिनेट अगाडि समय संकेत दिने र सोही अनुसार शब्द पूरा गर्नु पर्ने विद्यालयका सहायक कम्प्युटर अपरेटर सकील अहमद राईले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, दितीय र तृतियलाई शैक्षिक सामाग्री प्रोत्साहन प्रदान गरिने बताइएको छ । वक्तृत्व कलाको निर्णायक समितिका संयोजक मनिसा भण्डारी रहेकि छिन भने निर्णायक सदस्यमा निरज कुमार मिश्रा र अनिल पथिक रहेको राईले बताए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया