नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका स्थित अमिलिया नालामा डुबिरहेको अवस्थामा एक युवकको शब फेला परेको छ । खजुरा खुर्द वडा नम्बर ४ स्थित ठूलो खजुराका ३० वर्षीय शिव कुमार वर्माको आज शब फेला परेको हो ।
सोमबार बिहान करीब १० बजेतिर वर्माको जानकी गाउँपालिका वडा नं. ४ र ५ सिमानामा पर्ने अमिलिया नालामा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय खजुरा खुर्दले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएका प्रहरी टोलीले वर्मालाई उद्वार गरि पोष्टमास्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ ।
