
नेपालगन्ज / करेन्ट लागेर नेपालगन्ज बिस्कोरियन टोलका एक व्यापारीको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ स्थित एकलैनी मोड नजिक रहेको गुप्ता भाडा पसलका सञ्चालक अन्दाजी ४५ वर्षीय फुलचन्द गुप्ताको आज करेन्ट लागेर मृत्यु भएको हो ।
आइतबार बिहान करीब ६ बजेतिर आफ्नै घरको इन्भरटरको तार निकालने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको अन्तिम संस्कार हिन्दु परम्परा अनुसार स्थानीय नेपालगन्जको एमपी स्कुल रोड बुलबुलिया स्थित समसान भुमीमा आजै बेलुका ४ बजे गरिने परिवारिक स्रोतले जनाएको छ ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ती मिलोस् भनि गहिरो समवेदना प्रकट गर्दै न्युज फ्ल्यास खबर डटकम परिवार ईश्वरसंग प्रार्थना गर्दछ ।
