Close sidebar

सप्तकोशीमा ३५ वर्षयताकै उच्च बहाव, खोलियो ५६ वटै ढोका, खतराको रातो बत्ती बल्यो

२०८० श्रावण २९ गते, सोमबार १३:४२

नेपालगन्ज / सुनसरीस्थित सप्तकोशी नदीमा जलसतहले सतर्कता तह नाघेपछि कोशी ब्यारेजका सबै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता (डिएसपी) राजकुमार राईले जानकारी दिए । उनका अनुसार आज बिहान ४ बजे पानीको बहाव ४ लाख ६२ हजार क्युसेक मापन भएकोमा बिहान साढे ७ बजेतिर घटेर ४ लाख ४० हजारमा झरेको छ । यद्यपि यो घट्दो क्रममा छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार सोमबार बिहान १ बजे कोशी ब्यारेजको सबै ५६ वटै ढोका खोलिएको छ । आइतबार दिउँसोसम्म २३ वटा ढोका खोलिएपनि राति नदीमा जलसतह ३४ वर्षयताकै बढी मापन भएपछि सबै ढोका खोलिएको प्रजिअ पाण्डेले बताइन् । उनका अनुसार सप्तकोशीमा पानीको बहाब ४ लाख ४० हजार क्यूसेक पुगेको थियो । सप्तकोशी ३४ वर्षपछि उच्च तहमा पुगेको हो ।

यसअघि १९८९ मा सप्तकोशीको बहाव ४ लाख ७२ हजार क्यूसेक पुगेको थियो । त्यसभन्दा अगाडि १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको तथ्यांकमा देखिने प्रजिअ पाण्डेले बताइन् । ‍बाढीको निरीक्षण गर्न प्रजिअ पाण्डे सोमबार बिहानै कोशी ब्यारेज पुगेकी थिइन् । ढोका खोलेपछि पानीको बहाव क्रमशः घटिरहेको र अहिले ४ लाख ४० हजार क्युसेक पुगेको उनले जानकारी दिइन् । यद्यपि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

 

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया