नेपालगन्ज / नेपाल प्रेस युनियन बाँकेको १२ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रिया स्मृति ढकाल प्यानल सहित बिजयी हुनुभएको छ । शनिबार बेलुका भएको निर्वाचनमा ढकालले ९६ मत ल्याएर बिजयी हुनुभएको हो । उनका प्रतिद्वन्दी चेतकान्त भट्टराईले ४८ मत ल्याएर पराजित हुन पुगेका छन ।
यस्तै महिला उपाध्यक्षमा निशा शाहले ८४ मत ल्याएर बिजयी हुनुभएको छ भने उनका प्रतिद्वन्दी संगिता पाठक (सन्ध्या) ५९ ल्याएर पराजित हुन पुगेकी छिन । त्यस्तै सचिवमा भीष्म लोधले सर्वाधिक १०४ मत ल्याएर बिजयी हुनुभएको छ । भने उनका प्रतिद्वन्दी बिजय मल्लले ३७ मत ल्याएर पराजित हुन पुगेका छन । त्यस्तै कोषाध्यक्षमा खडक बहादुर खत्रीले ८३ ल्याएर बिजयी हुनुभएको छ । उनका प्रतिद्वन्दी मधु पौडेलले ५९ मत ल्याएर पराजित हुन पुगेका छन ।
यस्तै सदस्यहरुमा समिर शाही १२३, बिक्रम बुढाक्षेत्री १२६, रामप्रसाद आचार्य ९७, मार्शलराज सन्ज्याल ८६, अनिल गौतम ८५, आरती कट्टेल ९९, लक्ष्मी गौडेल १०१, सावित्री विश्वकर्मा ९६, निर्मला कुमारी थारु ९४, सलामत अली शेष ८४, प्रेम सिंह एसके ७८ र सुकराम चिडिमार ८७ मत प्राप्त गरि बिजयी हुनुभएको छ । यसैगरी उपाध्यक्ष कमल खत्री, सह-सचिव माया अधिकारी र सदस्यहरु सुविता थारु (महिला तर्फ), अभिशेष गुप्ता र रबि कनोजिया (मधेसी तर्फ) निर्विरोध विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत जनक बहादुर शाहीले जानकारी दिनुभयो ।
