Close sidebar

प्रेस युनियन बाँकेको १२ औं जिल्ला अधिबेशन आज नेपालगन्जमा हुँदै

२०८० श्रावण २७ गते, शनिबार ११:४४

नेपालगञ्ज / नेपाल प्रेस युनियन बाँके शाखाको १२ औं जिल्ला अधिबेशन आज नेपालगन्जमा हुँदै छ । जिल्ला समन्वय समितिको सभा हलमा हुने अधिबेशनको नेपाली काँग्रेसका सहमहामन्त्री एवं संविधान सभा सदस्य किशोरसिंह राठौरले उद्घाटन गर्ने भएका छन ।

अधिबेशनबाट नयाँ कार्यसमिति चयन गरिने छ । अहिलेसम्म प्रिया स्मृति ढकाल र चेतकान्त भट्टराई बीच प्रतिस्पर्धा हुने देखिएको छ । उपाध्यक्षमा कमल खत्री, सचिवमा भीष्म लोध, कोषाध्यक्षमा खडक खत्रीको नाम चर्चामा छ भने भट्टराई समूह तर्फबाट बर्तमान सचिव रहेका बिजय मल्ल पुन: सचिवमा र कोषाध्यक्ष रहेका मधु पौडेल पुन: कोषाध्यक्षको उम्मेदवार बन्ने चर्चा छ ।

त्यस्तै ढकाल समुहबाट सदस्यका उम्मेदवारहरुको अन्तिम नामको टुंगो लागे पनि बाहिर भने ल्याइएको छैन । शनिबार हुने अधिबेशनलाई बिशेष चासोका साथ हेरिएको छ । अधिबेशन बिहान साढे ११ बजेदेखि सुरु युनियन बाँकेद्वारा जारी सूचनामा उल्लेख छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया