Close sidebar

लागु औषधसहित बाँकेका इथान अन्सारी सुर्खेतमा पक्राउ

२०८० श्रावण २७ गते, शनिबार ०३:२९

सुर्खेत / लागु औषधसहित बाँकेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ का २३ वर्षीय इथान अन्सारीलाई सुर्खेतको वीरेन्द्रनगर स्थित जुम्ला रोडबाट प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको लागु औषध ब्यूरोको टोलीले चेकजाँजका क्रममा अन्सारीले लुकाएर राखेको अवस्थामा ३४० मिलिग्राम लागुऔषध जस्तो देखिने खैरो धुलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रहरीले उनको साथबाट १६ हजार पाँच सय नगद रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ परेका अन्सारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया