Close sidebar

खजुरास्थित जेठिनालामा बेपत्ता किशोरको शब तीन दिनपछि फेला

२०८० श्रावण २७ गते, शनिबार ०२:२९

बाँके / खजुरास्थित जेठिनालामा बेपत्ता भएका १६ वर्षीय किशोरको शब फेला परेको छ । तीन दिनको वर्षापछि खजुरा गाउँपालिका वडा नं. ७ स्थित जेठिनालामा आएको भेलमा पौडी खेल्न गएका खजुरा गाउँपालिका वडा नं. ६ शान्तिनगर स्थित श्री जनकल्याण माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यानरत १६ वर्षीय बिकाश सुनार बुधबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

सुनार बेपत्ता भएलगत्तै ईलाका प्रहरी कार्यलय धनौलीबाट खटिएका प्रहरी टोली र सशस्त्र प्रहरी टोलीको सहयोगमा शुक्रबार तीन दिनपछि मृत्यु अवस्थामा शव भेटिएको खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले जानकारी दिनुभयो ।

जेठिनालामा रहेको जामुनको रुखको जरामा शब अल्झिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । धनौलीका प्रमुख प्रहरी निरीक्षक सन्दिप बेलबासेको नेतृत्वमा उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी लगायत खटिएका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया