नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका वडा नं. ५ स्थित रामगाउँका एक युवकको आज करेन्ट लागेर मृत्यु भएको छ । आइस्क्रीम बेच्ने रिक्साको चार्जर निकालने क्रममा करेन्ट लागेर अन्दाजी २९ वर्षीय सोनु इद्रिसीको मृत्यु भएको हो ।
शुक्रबार बिहान करीब ६ बजेतिर आइसक्रीम रिक्सा चार्जिङ्ग तार निकालने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेजमा उनको मृत्यु भएको वडा नं. ५ का वडा अध्यक्ष टिकानाथ यादवले जानकरी दिए ।
उनको अन्तिम संस्कार इस्लामिक परम्परा अनुसार स्थानीय कब्रस्तानमा आजै राती १० बजेतिर गरिने परिवारिक स्रोतले जनाएको छ । इद्रीसीका १ वर्षिया छोरी, ३ वर्षीय छोरा र श्रीमती छन ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ती मिलोस् भनि गहिरो समवेदना प्रकट गर्दै न्युज फ्ल्यास खबर डटकम परिवार अल्लाहसंग प्रार्थना गर्दछ ।
