
मो. ताहिर शेष राई (साहिल)✍️
नेपालगन्ज / अरेबिक महिना मोहरर्मको ५ तारीखका अवसरमा नेपालगन्जको विभिन्न स्थानबाट बाजागाजा सहित हुसैनी जुलुस निकालिएको छ । सोमबार राति कर्बलाको झ्याकी, आलम तथा बाजागाजा सहित ढोल मिलान गरिने भएका छन ।
शहीदहरुको सम्झना स्वरुप मनाइने मोहर्म महिनाको छैंठौ दिन साउन ९ गते मंगलबार राति १२ बजेपछि मेंहदी जुलुस, आलम, तथा बाजागाजा सहित मेंहदी मिलान सहितको हुसनी जुलुस निकालने तयारी गरिएको केन्द्रिय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष गुलाम हुसैन हल्वाई वारसीले जानकारी दिए ।
यस्तै बुधबार साउन १० गते मोहरर्मको ७ औं दिन अलम मिलान, महतम, लठ्ठी प्रदर्शन र झ्यकी सहित हुसैनी जुलुस निकालिने कार्यक्रम रहेको छ । त्यस्तै बिहिवार साउन ११ गते ८ औं दिन हुसैनी जुलुस परिक्रमा गरि आलम मिलान पश्चात् जनज़ीरको महतम, आगोको महतम लगायतका कार्यक्रम गरिने वारसीले बताए ।
हुसैनी जुलुसमा विभिन्न कला झल्काउने उद्देश्यका साथै लाठी प्रदर्शन पनि गरिने फ़ैज़ स्पोर्ट्स लाठी क्लबका अध्यक्ष अली हुसैन राईले जानकारी दिए । यसैगरी साउन १२ गते शुक्रबार ९ औं दिन ताजिया राखि रातभरी दुरुद फातिहा गरि मनाउने त्यसको भोलिपल्ट मोहरर्मको आसुरा अर्थात १० औं दिन ताजिया बिसर्जन कार्यक्रम गरि समापन गरिने छ ।
इराकस्थित कर्बलामा युद्धका दौरान शहादत प्राप्त गरेको शहीदहरुको सम्झनामा हरेक वर्ष हुसैनी जुलुस मोहरर्म मनाइने गरिएको धर्मिक अगुवाहरु बताउँछन् । स्मरणीय रहोस् मुस्लिम समुदायसँगै हिन्दु धर्मावलम्बीहरुले समेत मोहरर्म पर्वलाई मनाउँदै आएका छन ।
