Close sidebar

मुस्लिम समुदायको कब्रस्तान समितिको साधारण सभा सम्पन्न

२०८० श्रावण ८ गते, सोमबार ००:४६

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर – ४ स्थित मुस्लिम समुदायको कब्रस्तान व्यवस्थापन समितिको साधारण सभा एतिहासिक नगरी नेपालगन्जमा सम्पन्न भएको छ । कब्रस्तान व्यवस्थापन समितिका अध्यक्ष याकुब अन्सारीको अध्यक्षतामा आइतबार मुस्लिम मुसाफिर खानाको हलमा सम्पन्न भएको हो ।

सभामा व्यवस्थापन समितिका अध्यक्ष अन्सारीले पेश गरेको आर्थिक वर्ष २०७९/ ०८० को वार्षिक प्रतिवेदन र आर्थिक प्रतिबेदन सर्वसम्मतले अनुमोदन गर्नुका साथै व्यवस्थापन समितिलाई विस्तार गर्ने निर्णय गरेका हुन ।

मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मनजरीले सभालाई सम्बोधन गर्दै हाम्रो धर्म संस्कृति जोगियो भने हाम्रो पहिचान आफैं जोगिने बताउनुभयो । उहाँले हाम्रो धर्म र आस्था माथि असर पुग्ने गरी गतिविधि गर्नेहरुलाई अविलम्ब कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायसंग अपिल गरे । मौलाना मनजरीले नेपाल प्राकृति धार्मिक ,सांस्कृतिक भौगोलिक, जातीय बिबिधताको कारणले आ -आफनै किसिमको धार्मिक सहिष्णुता र छुट्टै मुल्य मान्यता रहेकोेले हाम्रो आस्था माथि ठेस पुग्ने गरि कलम नचलाउन पत्रकारहरुसंग आग्रह समेत गर्नुभयो ।

साधारण सभाले सलाहुद्दीन जसगढ, चाँद खाँ, सेराज खान, हाजी अब्दुल हकिम, मोहम्मद जुनेद हल्वाई, आलम खान, शाहिद अली सल्मानी (समीर), बेबी तबस्सुम अन्सारी, अशफाक अन्सारी सहित २४ जनालाई कब्रस्तान व्यवस्थापन समितिको सदस्य पदमा मनोनित गरेको अतहर हुसैन फारुकीले जानकारी दिए । साधारण सभामा करीब दुईसय भन्दा बढी मुस्लिमहरुको सहभागिता रहेको थियो ।

 

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया