Close sidebar

बागेश्वरी बहुमुखी क्याम्पसमा स्नातक तहमा बिएसी सन्चालनका लागि अन्तरक्रिया

२०८० असार २ गते, शनिबार ०३:२९

बाँके / कोहलपुरमा रहेको मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसले सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । २०४८ सालमा स्थापित यस क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा विभिन्न संकायमा धेरै विषयहरु पठनपाठन गर्दै आएको छ । शैक्षिक सत्र २०७९ मा व्यवस्थापन संकायको विविए कार्यक्रम सन्चालन गरेको हो ।

कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको केन्द्र विन्दुमा रहेको कोहलपुर क्षेत्रमा विज्ञान विषयको पठनपाठन नहुँदा यस क्षेत्रका शैक्षिक संस्थाले आवश्यक जनशक्ति पाउन नसकेको अवस्था छ । स्नातक तहमा विज्ञान संकाय कार्यक्रम सन्चालनार्थ विभिन्न सरोकारवाला निकायसंग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा सहभागीहरुले कोहलपुर क्षेत्रलाई शैक्षिक हवको रुपमा स्थापित गराउन विज्ञान संकाय कार्यक्रम अनिवार्य गर्नुपर्ने धारणा व्यक्त गरेका छन । उनीहरुले कोहलपुरमा ११ / १२ मा अध्ययन गरिरहेका विद्यार्थीहरु विएसी अध्ययन गर्न बाहिर जानुपर्ने बाध्यता हुन नदिन आगामी शैक्षिक सत्र बागेश्वरी क्याम्पसमा विएसी सन्चालन गर्न अनुरोध गरे । उनीहरुले कोहलपुरमा सरकारी तथा निजि विद्यालयमा विज्ञान विषयको जनशक्ति निकै आभाव भएकोले पनि तत्काल यसको नेतृत्व सरकारी क्याम्पसको हैसियतले बागेश्वरी क्याम्पसले गर्नुपर्ने धारणा राखेका छन ।

यस क्याम्पसले विज्ञान संकायको सुरुवात गरेमा हरेक दृष्टिकोणबाट आफुहरु साथ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । यसअघि नै कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले विज्ञान संकाय सन्चालन गरे स्थानीय सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा प्याव्सन बाँकेका अध्यक्ष यम रावत, प्याव्सन कोहलपुर, एन प्याव्सनका प्रतिनिधि एवं शिक्षाप्रेमी शिव डाँगी, कृसा बाँके, गोर्खा युनाईटेड पब्लिक स्कुलका अध्यक्ष केशर बहादुर आले, राम जानकी माविका निर्देशक दिनेश सिग्देल, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष देवेन्द्र बहादुर बुढा लगायतले आ-आफ्नो धारणा राख्दै साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले आफुहरु व्यक्तिगत एवं संस्थागत तवरबाट सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरे ।

उक्त कार्यक्रममा पुर्व क्याम्पस प्रमुखहरु, सहायक क्याम्पस प्रमुखहरु, प्राध्यापक संघका अध्यक्ष, पत्रकार, प्राध्यापक र कर्मचारी लगायत सरोकारवालाहरुको उपस्थित रहेको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख दान बहादुर हमालले गरेका थिए भने स्वागत मन्तव्य निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्माले दिएका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया