Close sidebar

तक्षशिला एकेडेमीमा वेजिटेवल क्याम्प, बालबालिकालाई व्यावहारिक सिकाईदै

२०८० असार २ गते, शनिबार ०२:४३

कोहलपुर / बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० मा रहेको तक्षशिला एकेडमीले विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई दैनिक जीवनमा प्रयोग हुने तरकारी तथा फलफुल जन्य बस्तुहरुका बारेमा व्यावहारिक रुपमा ज्ञान प्रदान गर्ने दृष्टिले एक दिने वेजिटेवल (Vegetable) क्याम्प सम्पन्न गरेको छ ।

विभिन्न प्रकारका तरकारी तथा फलफूलहरु राखिएको प्रर्दशनीमा मौसमी तथा बेमौसमी तरकारी र फलफुलका बारे जानकारी दिईनुका साथै प्रजातीहरुका अंग्रेजी तथा बैज्ञानिक नाम समेत प्रत्यक्ष रुपमा बालबालिकाहरुलाई सिकाईएको विद्यालयका प्रिन्सिपल मुकुन्द्र बिक्रम शाहले जानकारी दिनुभयो ।

कक्षा नर्सरी देखि कक्षा दश सम्मका छात्र-छात्राहरुलाई पालैपालो अनुशासित तरिकाले तरकारी तथा फलफुलका गुण, बिशेषता, एक दलिय वा दुई दलिय कोसेबालीका बारे पनि सिकाई आदान प्रदान गरिएको उक्त क्याम्पमा तरकारी र फलफूलबाट प्राप्त हुने भिटामिन, फ्याट एवं क्यालोरीका बारेमा पनि प्रष्ट पारिएको थियो । बालबालिकाहरुले तरकारीका बारेमा उत्सुकतापुर्वक चासो र उत्सुकता प्रकट गरेका थिए भने प्रर्दशनमा राखिएका तरकारी र फलफूलहरुका बारेमा आफुलाई लागेका प्रश्न समेत राखेको विद्यालय एकेडेमिक संयोजक पुर्षोत्ततम शर्माले जानकारी दिए ।

गर्मीको मौसममा खरभुजा कहाँ र कस्तो हावापानीमा फल्छ भन्ने प्रश्नमा अलमलमा परेका विद्याथीहरु शिक्षकले बलौटे माटो तथा नदी खोलाका बगरहरुमा फल्ने जवाफ दिंदा आश्चर्यमा परेका थिए । त्यसैगरि फर्सीका बियाँलाई सुकाएर भुटेर पिसेर अचार खान सकिने, कटहर दुई प्रकारका हुने, भुई कटहर र रुख कटहरका बिशेषता बारे समेत बताईएको उक्त वेजिटेवल क्याम्पमा भुई कटहरलाई फलफुलको रुपमा मात्र खान सकिने र रुख कटहरलाई तरकारी एवं पाकेमा फलफुलका रुपमा समेत खाईने गरेको र अत्यन्त प्रोटिन हुने भएकाले खाने मात्रामा समेत सचेत गराईएको थियो ।

वेजिटेवल क्याम्पमा तरकारी र फलफूलका अलावा मानिसले दैनिक जीवनमा भान्सामा प्रयोग गर्ने मसलाजन्य बस्तुहरुको पनि प्रत्यक्ष देखाएर शिक्षा प्रदान गरिएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया