Close sidebar

उच्च अदालत बार एशोसियशन: आगामी दुई वर्षे कार्यकालका लागि आज मतदान हुँदै

२०८० जेष्ठ २० गते, शनिबार १२:३४

नेपालगन्ज / उच्च अदालत बार एशोसियशनमा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान गराइएको छ । नेपालगन्जस्थित बार एशोसियशन भवनमा शनिबार बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ । मतदानमा २ सय १४ जना मतदाताले सहभागिता जनाउँदैछन् ।

निर्वाचनका लागि ‘बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुह’ र ‘स्वतन्त्र, समावेशी, प्रगतिशिल, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समुह मैदानमा उत्रिएका छन । बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुहका तर्फबाट अध्यक्ष पदमा अधिवक्ता चित्रबहादुर शाही र ‘स्वतन्त्र, समावेशी, प्रगतिशिल, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समुहबाट अध्यक्षमा अधिवक्ता चित्रबहादुर केसी प्रतिस्पर्धामा छन् ।

शाहीको समुहबाट उपाध्यक्ष पदमा तिर्थराज ज्ञवाली, सचिवमा गणेशप्रसाद शर्मा तथा सदस्यहरुमा सतिशचन्द्र थारु, रिजवान अहमद मिर्जा, जयराम थारु, बिरेन्द्रकुमार बस्नेत, हरिशचन्द्र सिजापति, जयराम जैसी, पूर्णप्रसाद ढकाल र हिराबहादुर श्रेष्ठले पनि प्रतिस्पर्धा गर्दैछन् । सो समुहबाट कोषाध्यक्ष पदको उम्मेदवार रहेका हरि सुवेदी र शान्ता पोखरेल सदस्य (महिला) भने यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् ।

बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुहमा नेपाली काँग्रेस निकट ‘डिएलए’, एमाले निकट ‘पिपिएलए’, माओवादी केन्द्र सम्वद्ध ‘आरपिएलए’ लगायत संगठनहरु आवद्ध छन् ।

केसीको समुहबाट उपाध्यक्ष पदमा अधिवक्ता ओमप्रसाद मानन्धर, सचिवमा कुम्भराज मिश्र र सदस्यमा रामसुन्दर बाहुन प्रतिस्पर्धामा छन् । ‘स्वतन्त्र, समावेशी, प्रगतिशिल, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समुहमा जनता समाजवादी पार्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत अन्य पार्टी निकट एवम् स्वतन्त्र कानुन ब्यवसायी आवद्ध रहेको बताइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया