Close sidebar

जानकी मातहतका विद्यालयमा दिएको ३ दिने गर्मी बिदा संशोधन

२०८० जेष्ठ १९ गते, शुक्रबार १८:३८

नेपालगन्ज / बाँकेस्थित जानकी गाउँपालिकाले दिएको गर्मी बिदा संशोधन गरिएको छ । केही दिनयता लगातार बाँकेमा अत्यधिक गर्मी बढ्दै गएपछि जानकी मातहतका विद्यालयमा दिएको ३ दिने गर्मी बिदा संशोधन गरिएको हो ।

बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारीले शुक्रबार एक विज्ञप्ति जारी गरि जानकी गाउँपालिका मातहतका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।

यहीँ जेष्ठ १८ गते बिहिवार जानकी गाउँपालिका गाउँ कार्यपालिकाको बसेको बैठकले वर्षे विदाबाट कट्टा हुने गरि जेष्ठ १९ गतेदेखि २१ गतेसम्म ३ दिन गर्मी विदा दिएकोमा सो बिदा २६ गतेसम्म थप गरिएको विज्ञप्तिमा उल्लेख छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया