Close sidebar

खजुराका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द

२०८० जेष्ठ १७ गते, बुधबार ०२:१३

खजुरा / बाँकेमा अत्यधिक गर्मी बढेपछि खजुरा मातहतका विद्यालयहरुमा गर्मी बिदा दिएको छ । केही दिनयता अत्यधिक गर्मी बढ्दै गएपछि खजुरा गाउँपालिकाले सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गरिने निर्णय गरेको हो ।

खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले मंगलबार एक विज्ञप्ति जारी गर्दै यही जेष्ठ १७ गतेदेखि १९ गतेसम्म सम्पूर्ण विद्यालय बन्द रहने जानकारी दिए । अत्याधिक गर्मीका कारण पठनपाठनमा कठिनाइ भएकाले बर्षे बिदाबाट कट्टी हुने गरी विद्यालयबाट माँग आएकाले उक्त माँग बमोजिम शिक्षा समितिका संयोजकले तीन दिन गर्मी विदा दिएको विज्ञप्तिमा उल्लेख छ ।

देशकै अत्यधिक गर्मी हुने ठाउँ मध्येको एक बाँके जिल्लामा पछिल्ला केही दिनदेखि चलेको तातो हवा (लु) का कारण गर्मी ह्वात्तै बढेको छ । जसले गर्दा विद्यालयमा अध्ययन अध्यापन गर्ने गराउने सम्पूर्णलाई असर परिरहेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया