Close sidebar

सांसद ढकालको सहयोगमा नरैनापुरका अग्नि पिडितलाई राहत

२०८० जेष्ठ १६ गते, मंगलवार २२:३४

सरला सुवेदी✍️

बाँके / नरैनापुरका अग्नि पीडितहरुलाई राहत वितरण गरिएको छ । मंगलबार नरैनपुरस्थित जमुनाहगाउँमा अग्नि पीडितहरुलाई नेकपा एमाले क्षेत्र नम्बर १ का माननीय सुर्य ढकालको आर्थिक सहयोग र विकास संम्वाद, समृद्धिको बाटो नामक संस्थाको आयोजनामा स्थलगत अनुगमन गरि राहत वितरण गरिएको हो । गत बैशाख र यहि जेठ १४ गते नरैनापुरको जमुनाह, जनतापुर, गेग्ली, जयरामपुर्वा र नौसारामा भएको आगलागीमा परेका २१ घर परिवारलाई दुई बोरा चामल, दाल तेल नुन लगायत तन्ना र ब्लान्केट वितरण गरिएको हो ।बाँके जिल्लाको विकट मानिने नरैनापुरमा बर्सेनि आगलागी हुन्छ स्थानीयको घरबास उजाडिन्छ । सबै भन्दा पहिले त्यहाँका स्थानीयको घाउमा मलम लगाउन सुर्य ढकाल सबै भन्दाअघि पुग्छन् । किनकी स्थानीय जनताको हर सुख दुःखमा साथ दिने बचनबद्धता ढकालले गरेका छन् । सधैको आगलागी अनि त्यसबाट स्थानीयले पाउने गरेको दु:खलाई अब सधैंका लागि अन्त गर्न खरका सबै छाना हटाई टिनको छानामा रुपान्तरण गर्ने आफ्नो योजना रहेको ढकालले बताए । उनले स्थानीय नेता-कार्यकर्ता र अग्रजलाई वास्तविक अग्नि पिडितहरुको पहिचान गरि नामावली तयार पार्न समेत आग्रह गरे ।

आगलागीबाट धनजन गुमाएका सबै पीडितहरुले खाद्यान्न सहित तन्ना र ब्लान्केट राहत पाएपछि भाबुक हुँदै राहत उपलब्ध गराउने सम्पूर्ण निकायलाई हार्दिक धन्यवाद समेत प्रदान गरेका थिए । राहत वितरण कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य प्रेम भुषाल, पुजन बिश्वकर्मा, युवा संघ नेपालका केन्द्रिय सचिव खेम खर्मा, जिल्ला सचिव रमेश मिजार, नेकपा एमाले जिल्ला सदस्य सुर्य रोकाय अनेरास्ववियु केन्द्रिय सदस्य सुमन घिमिरे, विकास सम्बाद समृद्धिका अध्यक्ष माया गौतम, सचीव उर्मिला पाण्डे, सदस्य शान्ति थापा, गंगा बगाले, मुना कठायत लगायत नेकपा एमालेका रामकुमार दिक्षित, सोहनलाल यादब, कृष्ण भुषाल लगायत स्थानिय नेता-कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया