Close sidebar

राष्ट्रघाती नागरिकता बिधेयक खारेज गर्न अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालको दवाब

२०८० जेष्ठ १७ गते, बुधबार २३:२८

सरला सुबेदी✍️

नेपालगन्ज  / राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न र भारतको  सांसद भवनमा नेपालको भू-भाग समेटिएको नक्सा विरुद्ध अनेरास्ववियु बाँके र राष्ट्रिय युवा संघ नेपालको संयुक्त आयोजनामा बृहत् बिरोध प्रदर्शन गरिएको हो । बुधबार नेपालगन्जको बिपीचोकबाट सुरु भएको बिरोध र्याली बजार परिक्रमा गरि पुन: बिपीचोक मै आएर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव खेमराज शर्माले जब-जब यो देशमा संकट पैदा हुन्छ तब-तब नेकपा एमाले अनि एमाले आवद्ध युवा संघ र अन्य भातृ संगठनहरु बिरोध गर्न मैदानमा उत्रिने गरेको बताए । भारतको स्वार्थको लागि पाँच दलीय गठबन्धन सरकारले देशलाई बिस्तारै बिस्तारै बेचेको आरोप लगाउँदै यो सान्केतिक आन्दोलन गरिएको र राष्ट्रियघाति नागरिकता बिधेयक खारेज नगरेसम्म दवाब स्वरुप आन्दोलनलाई निरन्तरता दिने बताए ।

उनले सडकबाट आन्दोलन गरेर सरकारलाई पछारेर यो नागरिकता बिधेयक निर्णय फिर्ता लिन बाध्य बनाउन राष्ट्रिय युवा संघको केन्द्रिय कमिटिको सर्कुलर अनुसार बिरोध आन्दोलनका कार्यक्रम तय गरिने बताउँदै नेकपा एमालेका नेता कार्यकर्ता र अन्य भातृ सङ्गठन तथा देशप्रेमी आम नागरिकलाई यो बिरोध आन्दोलनमा शामिल हुन अनुरोध समेत गरेका छन् ।

यस्तै अनेरास्ववियु बाँके जिल्ला संयोजक प्रकाश बिश्वकर्माले प्रचण्ड सरकारले गरेको देशद्रोही निर्णयप्रती सम्पुर्ण विद्यार्थीहरु खरो रुपमा आन्दोलनमा उत्रिने बताउने राष्ट्रघाती निर्णय खारेज गर्न चेतावनी दिएका छन् । यस्तै संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा नेकपा एमालेका नेता दक्तप्रसाद आचार्य, युवा संघका केन्द्रिय सदस्य दिपेन्द्र लामा कालु, जिल्ला सचिव रमेश मिजार, अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन घिमिरे लगायत युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया