
नेपालगन्ज / जानकी गाउँपालिका बाँकेका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी माथी सुनियोजित तरिकाले भएको आक्रमणको कडा शब्दमा निन्दा गरिएको छ । मानपुरस्थित जानकी गाउँपालिकाको शिक्षा समन्वय शाखामा बिहिवार बोलाइएको पालिकाका प्रधानाध्यापक बैठकमा प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई महिला शिक्षकहरुले हातपात गर्दै दुर्ववहार गरेका थिए ।
बैठक सुरु भएको केही समयमै प्रधानाध्यापक यशोदा धिताल सहितका केही महिला शिक्षकले बैठक चलिरहेको समयमा नै प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई हातपात गर्दै दुर्ववहार गरेपछि बैठकमा उपस्थित अन्य शिक्षकहरुले हातपातमा उत्रिएकालाई रोक्दै प्रशासकीय अधिकृत डाँगीलाई हलबाट बाहिर लागेका थिए । बैठकमा पालिकाका प्रधानाध्यापक, शिक्षक, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका कर्माचारी लगायतको उपस्थिति रहेको थियोे ।
घटनाको बिषयलाई लिएर शुक्रबार जानकी गाउँपालिकाको कार्यपालिका बैठक बसेको थियोे । बैठकले प्रमुख प्रशासकिय अधिकृत डाँगीलाई दुव्र्यवहार गर्दै अनुशासन उल्लंघन गरेको भन्दै ३ जना शिक्षकहरुसंग २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको गाँउकार्यपालिकाले जनाइएको छ । गाँउकार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृत माथि आक्रमण गर्नेहरुलाई नियमानुसार कारवाही गर्ने निर्णय समेत गरेको छ ।
गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकिय अधिकृत डाँगी माथि सुनियोजित तरिकाले आक्रमण गरी शिक्षा क्षेत्रमा बिकृति ल्याउने गरी शिक्षकहरुद्वारा नाटकीय तरिकाले आन्दोलन गर्नुको कुनै अर्थ नरहेको बताइएको छ । बैठकमा प्रशासकीय अधिकृतको तर्फबाट त्यस्तो अभद्र तथा अशिष्ट दुर्व्यवहार जस्तो क्रियाकलाप केही नगरेको भएपनी कन्या विद्यालय सन्चालन गर्न नहुने भन्दै अधिकृत डाँगी माथि सुनियोजित तरिकाले हातपात भएको हो । जानकी गाउँपालिका सधैं शिक्षक तथा कर्मचारीको पेशागत हकहित तथा सम्मानका लागि प्रतिबद्ध भएको बताउँदै आफ्नो माँग, हक अधिकार तथा वृत्ति विकासका सवालमा वार्ता, संवाद, मेलमिलाप, सहमति लगायतका विकल्प हुँदा हुँदै पनि अमानवीय तरिकाले प्रशासकीय अधिकृत माथि हमला गर्नु अति दुःखद रहेको बिज्ञप्तीमा उल्लेख छ ।’
शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न जानकी गाँउपालिकाले लाखौ रकम खर्चे पनि प्रतिफल भने शुन्य देखिएपछि विद्यालयका शिक्षकहरुलाई वर्तमान समयमा आफ्नो पेसाप्रति जवाफदेही बन्न जानकी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत डाँगीले निर्देशन दिनुभएको छ ।
सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइस्तर निकै कमजोर रहेको तथ्याकं सार्वजनिक भएपछि आफूले शिक्षकहरुलाई शिक्षकहरुको काम कर्तव्य, अधिकार र शिक्षा नियमावलीका बारेमा जानकारी गराउने क्रममा शिक्षकबाटै आफू माथि आक्रमण भएको प्रमुख प्रशासकिय अधिकृत डाँगीलेले बताउनुभयो ।
जानकी गाँउपालिकाले सामुदायिक विद्यालयमा बढ्दै गइरहेको राजनीतिक क्रियाकलापलाई निस्तेज पारी गुणस्तरीय शिक्षा प्रदानका गर्नका लागि शिक्षक स्वयं समाजको उदाहरणीय पात्र बन्न सक्नु पर्ने वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादवले बताउनुभयो । उहाँले प्रविधिलाई पछ्याउन शिक्षकहरुलाई अपिल समेत गर्नुभयो । जानकी गाँउपालिकाले कन्या विद्यालय सन्चालन गर्ने तयारी गरेपछि उक्त विद्यालय सन्चालन गर्न नहुने भन्दै शिक्षिक यशोधा धिताल र सुमित्रा धितालले प्रमुख प्रशासकिय अधिकृत डाँगी माथि आक्रमण गरेको तथ्य सार्बजानिक भएको छ ।
गाँउपालिकामा शिक्षाको स्तरबृद्धि गर्नका लागि पालिकाले गत जेष्ठ ३ गते विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक लगायतसंग छलफल गरेको थियो भने प्रधानाध्यापकहरुसंग जेष्ठ ४ गते बैठक बसेका बेला कन्या विद्यालय सन्चालन गर्ने निर्णय फिर्ता लिन भन्दै प्रमुख प्रशासकिय अधिकृत डाँगी माथि शिक्षिका धितालले आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यता गाँउपालिकाले शिक्षा क्षेत्रमा सबै भन्दा बढी बजेट बिनयोजित गर्ने तयारीमा रहेका बेला शिक्षक जस्तो मर्यादित पेशमा रहेकाहरुबाट अमर्यादित कार्य हुनु निन्दनीय भएको बताउँदै प्रवक्ता यादवले आफ्नो गल्तीलाई सुधार गरी शिक्षा क्षेत्रमा देखा परेको बिकृति अन्त्य गर्न तर्फ लाग्न अपिल समेत गर्नुभयो ।
